News Portal

  • इ–सेवा मनि ट्रान्स्फर र लिगल रेमिटबीच सम्झौता

    आर्थीकसंसार संवाददाता५ माघ, २०७७
    २४४५ पटक
    ५ माघ, २०७७

    काठमाडौं । इ–सेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको प्रतिष्ठित रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यससँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज हुनेछ ।
    रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इ–सेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका हुन् ।
    अष्टे«लियाबाट नेपालीहरूले नगदमा तथा कुनै पनि बैंक खातामा र इ–सेवा वालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम इ–सेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इ–सेवा वालेट एपमार्फत पनि प्राप्त गर्न सकिनेछ । त्यस्तै, बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम इ–सेवा वालेटमा रिसिभ गर्दा रु. ५५ अतिरिक्त क्यास ब्याक प्राप्त हुनेछ ।
    लिगल रेमिट अनलाइनमार्फत कारोबार गर्ने र उच्च स्तरको प्रविधि प्रयोग गरेको कम्पनी भएको हुँदा ५ मिनेट भित्रै रेमिटेयान्स् प्राप्त गर्न सकिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्