News Portal

  • कुमारी बैंकले पायो आईएसओ/आईईसी २७००१ : २०२२ सूचना सुरक्षा प्रमाणपत्र

    आर्थीकसंसार संवाददाता४ फागुन, २०८२
    ४ पटक
    ४ फागुन, २०८२

    काठमाडौं । कुमारी बैंकले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ/आईईसी २७००१ : २०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली  (आईएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ ।

    यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउछ ।

    यसमा मूलतः ९३ वटा नियन्त्रणहरू हुन्छन्, जसलाई अर्गनाइजेसनल (३७), पिपल (८), फिजिकल (१४) र टेक्नोलोजिकल (३४) मा विभाजन गरिएको हुन्छ ।

    यी नियन्त्रणहरू कार्यान्वयन भए नभएको स्वतन्त्र बाह्य अडिटमार्फत सुनिश्चित गरी आईएसओ/आईईसी २७००१/२०२२ प्रमाणपत्र प्रदान गरिन्छ ।

    यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा जोखिम पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्ने राम्रो क्षमता रहेको र सो अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेको सुनिश्चित गर्दछ ।
    साथै यस प्रमाणपत्रमार्फत बैंकले ग्राहकहरुको तथ्याङ्क सुरक्षित तथा गोप्य राखेको, आवश्यक परेको बेला उपलब्ध गराउने, अनधिकृत पहुँचबाट जोगाउने गरेको र सुदृढ सुरक्षा प्रणाली कार्यान्वयन गरिरहेको छ भनी प्रमाणित गर्छ ।

    बैंकले नियमित जोखिम मूल्याङ्कन, कर्मचारी सचेतना कार्यक्रम, सुरक्षा परीक्षण तथा निरन्तर निगरानी प्रणालीमार्फत सम्भावित साइबर जोखिमहरूको रोकथाम, पहिचान तथा व्यवस्थापन गर्ने संरचना कार्यान्वयन गर्दै आएको छ ।

    बैंकले सूचना सुरक्षा एक पटकको उपलब्धि नभई निरन्तर सुधारको प्रक्रिया भएको र आगामी दिनहरूमा पनि नियामक मापदण्ड तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुरूप आफ्ना सुरक्षा संयन्त्रहरू थप सुदृढ गर्दै जाने प्रतिबद्धतासमेत जनाएको छ ।

    प्रतिकृया दिनुहोस्