News Portal

  • मेगा बैंक ‘वीच्याट–पे’ भुक्तानी सेवाबीच सम्झौता

    आर्थीकसंसार संवाददाता५ माघ, २०७७
    ६१३ पटक
    ५ माघ, २०७७

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंकअन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्नेछन् ।
    नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालबाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब विभिन्न सामग्री तथा सेवाको लागि ‘वीच्याट–पे’मार्फत रकम भुक्तानी गर्न सक्नेछन् ।
    नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटकहरु आउने गरेका छन् । चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने मेगा बैंकको विश्वास रहेको छ ।
    डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता साझेदारीलाई प्राथमिकता दिने योजना बनाएको बैंकका प्रमुख बजार अधिकृत (सीएमओ) मनोज खड्काले बताए ।

    प्रतिकृया दिनुहोस्