News Portal

  • माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच सम्झौता

    आर्थीकसंसार संवाददाता४ माघ, २०७७
    १३५६ पटक
    ४ माघ, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंकका सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स स्टेभन विक तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।
    ट्रिपल ए क्रेडिट रेटिङ्ग प्राप्त एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसँग सहकार्य गरिसकेको छ । उक्त सम्झौतापश्चात एडीबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसँग सम्बन्धित फाइनान्सिङ सुविधाहरु प्रदान गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्