News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई डेढ अर्ब बाँड्ने

    आर्थीकसंसार संवाददाता३० साउन, २०७७
    ७८९ पटक
    ३० साउन, २०७७

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नाफा घटेको छ । गत आव २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा १८.५१ प्रतिशतले घटेको हो ।
    गत आवमा बैंकले एक अर्ब ९८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा त्यसअघिको वर्ष (आव २०७५/७६) मा २ अर्ब ४३ करोड रुपैयाँ थियो । गत आवमा कमाएको नाफाबाट बैंकले एक अर्ब ५१ करोड रुपैयाँ लगानीकर्ताहरुलाई बाँड्न मिल्ने किसिमको रहेको छ ।
    समीक्षा अवधिमा बैंकको ब्याज खर्च बढेपछि खुद ब्याज आम्दानी पनि झिनो रकमले घटेको छ । यसले गर्दा बैंकको सञ्चालन नाफा पनि कम भएको छ । खुद ब्याज आम्दानी र संचालन नाफा दुवै घट्दा यसको चाप बैंकको नाफामा पनि परेको हो । बैंकले गत आवमा ३ अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन त्यसअघिको वर्षभन्दा एक करोड रुपैयाँले कम हो । यस्तै, संचालन नाफा २०७५/७६ को ३ अर्ब ४७ करोडको तुलनामा गत वर्ष ६३ करोडले घटेर २ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ । पछिल्लो वर्ष बैंकको सञ्चालन खर्चमा सामान्य (४४ लाख रुपैयाँ) वृद्धि भएको छ ।
    यो बहुराष्ट्रिय बैंकले गत आवको अन्त्यसम्ममा ९८ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५३ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ छ । जगेडा कोषमा ५ अर्ब ५६ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
    बैंकको निष्क्रिय कर्जा ०.४४ प्रतिशत रहेको स्ट्यान्डर्ड चार्टर्डको प्रतिसेयर आम्दानी (ईपीएस) २४.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) २३.०५ गुणा छ । गत असार मसान्तसम्मको वासलातका आधारमा बैंकको प्रतिसेयर नेटवर्थ १८८.५० रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्