News Portal

  • नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपीओमा आवेदन कति ?

    आर्थीकसंसार संवाददाता४ माघ, २०७७
    ५४३ पटक
    ४ माघ, २०७७

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा तेस्रो दिनमै ८ लाख बढीको आवेदन परेको छ ।
    कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज ४ः३० बजेसम्म आइपीओमा ८ लाख २ हजार ७ सय ८ आवेदकले ९ करोड ४० लाख कित्ताको लागि आवेदन दिएका छन् । बैंकले निष्काशन गरेको आइपीओमा तेस्रो दिनको दिउँसो ४ः३० बजेसम्ममा ८ लाख २ हजार ७ सय ८ जना आवेदकबाट ९ अर्ब ९४ करोड ६ लाख ७४ हजार रुपैयाँको ९ करोड ९४ लाख ६ हजार ७४० कित्ताको लागि आवेदन दिएका छन् ।
    जसमध्ये ० दशमलव २० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ ।
    कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । उक्त आईपिओ छिटोमा माघ ६ गते बन्द हुनेछ भने ढिलोमा अर्थात सबै बिक्री नभएको अवस्थामा माघ १६ गते निष्काशन बन्द हुनेछ ।

    प्रतिकृया दिनुहोस्