News Portal

  • मेगा बैंकको कीर्तिपुर नयाँ बजारमा नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता४ माघ, २०७७
    ३६८ पटक
    ४ माघ, २०७७

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबारका दिनदेखि शाखा सञ्चालनमा ल्याएको छ ।
    कीर्तिपुर नगरपालिका–९, नयाँ बजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो । मेगा बैंकको यो २०७ औं शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।
    अहिले उपत्यका र उपत्यका बाहिर गरी मेगा बैंकका २०७ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेसिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्