News Portal

  • लक्ष्मी बैंकका ग्राहकले क्युआरबाटै बसको टिकट शुल्क तिर्न सक्ने

    आर्थीकसंसार संवाददाता४ माघ, २०७७
    ६३७ पटक
    ४ माघ, २०७७

    काठमाडौं । लक्ष्मी बैंकले लोह्त्से बहुउद्देश्यीयको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने थप सुविधा ल्याएको छ । अब बसको टिकट खरिद गर्दा बैंकका ग्राहकले मोबाई मनि रवालेट बाट क्यु आर स्क्यान गरी फोनपे नेटवर्कअन्तर्गत भुक्तानी गर्न सक्नेछन् ।
    क्युआरद्वारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौंको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध हुने बैंकले जनाएको छ । क्युआर पेमेन्टले ग्राहकहरुलाई छिटो एवम् छरितो सहज रुपले भुक्तानी गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
    लक्ष्मी बैंकले विगतमा क्युआर पेमेन्टलाई अस्पताल, शपिङ्गमल, इन्टरनेट सेवा प्रदायकलगायत विभिन्न साना–ठूला व्यापारिक संस्थाहरुमा सञ्चालन गदै आएको छ ।

    प्रतिकृया दिनुहोस्