१५ माघ, २०८२काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १६.२९ प्रतिशत घटेर १ अर्ब ३७ करोड ३३ लाख २४ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ६४ करोड ६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ९.१३ प्रतिशत घटेर १ अर्ब ९७ करोड ४२ लाख १६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब १७ करोड २४ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११.५४ प्रतिशत बढेर ७७ करोड ५७ लाख २४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २.८५ प्रतिशत घटेर ३ अर्ब १२ करोड ७० लाख ८२ हजार रुपैयाँ, सञ्चालन नाफा १६.२१ प्रतिशत घटेर १ अर्ब ९६ करोड ६४ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ९१ करोड २५ लाख ४७ हजार रुपैयाँ रहेको छ । १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब २३ करोड १३ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ९.६४ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब ४२ करोड ७३ लाख ४८ हजार रुपैयाँ र कर्जा प्रवाह ५.९७ प्रतिशत घटेर ६८ अर्ब ५४ करोड २३ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले १ खर्ब २५ अर्ब ३३ करोड ८८ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड ३० लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ५९.९९ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ४.७६ प्रतिशत छ ।
बैंकको प्रतिसेयर आम्दानी ५.३२ रुपैयाँ घटेर २७.३५ रुपैयाँमा झरेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २३.१० गुणा छ ।
गत वर्षको पुसमा १.७१ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा बढेर १.८८ प्रतिशत पुगेको छ ।


