News Portal

  • एनआईसी एशिया बैंकको निक्षेप २.६४ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

    आर्थीकसंसार संवाददाता१५ माघ, २०८२
    ५ पटक
    १५ माघ, २०८२

    काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १३.५४ प्रतिशत घटेर १३ करोड ११ लाख ९१ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १५ करोड १७ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशत घटेर ४ अर्ब ३६ करोड ३८ लाख ८३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब १८ करोड ६९ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११ प्रतिशत बढेर ७० करोड २१ लाख ३७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११.८१ प्रतिशत घटेर ५ अर्ब ३३ करोड ९१ लाख ५७ हजार रुपैयाँ, सञ्चालन नाफा ४२.१६ प्रतिशत घटेर १९ करोड ७७ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७ अर्ब ३९ करोड ९५ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २२ अर्ब ६ करोड ८१ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

    पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन २.६४ प्रतिशत बढेर ३ खर्ब २७ अर्ब ५० करोड १४ लाख १२ हजार रुपैयाँ र कर्जा प्रवाह ६.६१ प्रतिशत घटेर २ खर्ब ९ अर्ब ३१ करोड १२ लाख ८६ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ३ खर्ब १९ अर्ब ६ करोड ५८ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २४ अर्ब १२ करोड १८ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

    यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६७.१० प्रतिशत छ । यस्तै, बैंकको आधार दर ६.४१ प्रतिशत छ ।

    बैंकको प्रतिसेयर आम्दानी ०.२८ रुपैयाँ घटेर १.७६ रुपैयाँमा झरेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १९८.३३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८८.४४ गुणा छ ।

    गत वर्षको पुसमा ४.६१ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा बढेर ७.४७ प्रतिशत पुगेको छ ।

    प्रतिकृया दिनुहोस्