News Portal

  • समृद्धि फाइनान्सको २४औं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ माघ, २०८२
    ३६ पटक
    १४ माघ, २०८२

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चौविसौँ वार्षिक साधारण सभा बुधबार होटेल एभोकाडो हेटौडामा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष अजय कुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन पेश गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले शुभकामना मन्तव्य राख्दै संस्थाले हालसम्म गरेका कार्यहरुको जानकारी गराए ।

    साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको विवरण स्वीकृतिको लागि पेश गरिएकोमा सर्वसम्मतिले पारित भएको छ ।

    त्यसैगरी वार्षिक साधारण सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रियालाई सर्वसम्मतिले पारित गर्दै बाँकी कार्यको लागि अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षकमा आरएसएमए एसोसियट्सलाई नियुक्ति गर्ने समेत सर्वसम्मत निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्