News Portal

  • सिटिजन्स बैंकको नाफा ३५.८८ करोड रुपैयाँ, यस्ता छन् अन्य सूचक

    आर्थीकसंसार संवाददाता१४ माघ, २०८२
    ७ पटक
    १४ माघ, २०८२

    काठमाडौं । सिटिजन्स बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ४५.७७ प्रतिशत घटेर ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा ६६ करोड १८ लाख २८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

    चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी २.२७ प्रतिशत बढेर ३ अर्ब १४ करोड ४५ लाख ४६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७ करोड ४५ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ५७.६८ प्रतिशत घटेर २७ करोड २८ लाख १३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.६८ प्रतिशत बढेर ४ अर्ब ११ करोड ८७ लाख ४९ हजार रुपैयाँ र सञ्चालन नाफा ४४.६८ प्रतिशत घटेर ५० करोड ४१ लाख ७१ हजार रुपैयाँ गरेको छ ।

    बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड ४ लाख ९३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ८२ करोड १७ लाख २४ हजार रुपैयाँ छ ।

    समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २ खर्ब १० अर्ब २२ करोड ३५ लाख ६४ हजार रुपैयाँ र कर्जा लगानी १ खर्ब ६८ अर्ब २१ करोड २ लाख २ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले २ खर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड ७ लाख ३८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

    बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२.६६ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ५.६२ प्रतिशत रहेको छ ।

    बैंकको प्रतिसेयर आम्दानी ८.९६ रुपैयाँबाट घटेर ४.६३ रुपैयाँमा सीमित छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४१.६८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९.७९ रुपैयाँ रहेको छ ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ६.८८ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ४.८५ प्रतिशत खराब कर्जा थियो ।

    प्रतिकृया दिनुहोस्