News Portal

  • प्रभु बैंकको खुद मुनाफा घट्यो

    आर्थीकसंसार संवाददाता३१ साउन, २०७७
    ७०१ पटक
    ३१ साउन, २०७७

    काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रस्तुत गरेको विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
    अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको गत आवको नाफा अघिल्लो आवको तुलनामा ४१ करोड रुपैयाँ कम हो ।
    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४ करोेड ७७ लाख रुपैयाँ बढेर ४ अर्ब ६४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १७ करोड ८० लाख रुपैयाँ घटेर २ अर्ब ९ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ । कर्मचारी खर्च, अन्य सञ्चालन खर्चलगायतका खर्चमा वृद्धि हुँदा बैंकको सञ्चालन मुनाफा घटेको छ भने खुद ब्याज आम्दानी सामान्य बढेको छ । ब्याज आम्दानी बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा बैंकको खुद नाफा घटेको हो ।
    अघिल्लो आवको चौथो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ७३ करोड रुपैयाँ रहेको बैंकको वितरण योग्य मुनाफा गत आवको सोही अवधिमा घटेर १ अर्ब ८ करोड रुपैयाँमा झरेको छ ।
    समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ १ पैसा घटेर १३ रुपैयाँ ९३ पैसा कायम भएका छ । बैंकको मूल्य आम्दानी अनुपात १५.८७ गुणा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २९ पैसा कायम भएको छ ।
    अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी १० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोष २७ करोड ८४ लाख रुपैयाँ बढेर ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।
    असार मसान्तसम्ममा १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्क्रिय कर्जा ३.२६ प्रतिशतबाट घटेर २.८१ प्रतिशतमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको आधारदर ९.३६ प्रतिशतबाट घटेर ८.३२ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ४.७० प्रतिशतबाट ३.५७ प्रतिशतमा झरेको छ ।

    प्रतिकृया दिनुहोस्