News Portal

  • एभरेष्ट बैंकको नाफा २ अर्ब ११ करोड रुपैयाँ, लाभांश क्षमता ३१.९३ प्रतिशत

    आर्थीकसंसार संवाददाता१४ माघ, २०८२
    ६ पटक
    १४ माघ, २०८२

    काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २ प्रतिशत बढेर २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

    चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशत बढेर ४ अर्ब ५७ करोड २९ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३१ करोड ५८ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २०.३८ प्रतिशत बढेर ९२ करोड ९ लाख ५४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशत बढेर ५ अर्ब ८१ करोड ४७ लाख ७६ हजार रुपैयाँ र सञ्चालन नाफा २ प्रतिशत बढेर ३ अर्ब १७ करोड १६ लाख ४६ हजार रुपैयाँ गरेको छ ।

    बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३४ करोड २८ लाख ३१ हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ३१.९३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ करोड ६७ लाख ७१ हजार रुपैयाँ थियो ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ६ प्रतिशत बढेर १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब ९४ करोड ८३ लाख ७८ हजार रुपैयाँ छ ।

    समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २.०५ प्रतिशत बढेर ३ खर्ब ४ अर्ब ९५ करोड ८७ लाख १९ हजार रुपैयाँ र कर्जा लगानी १०.७७ प्रतिशत बढेर २ खर्ब ३६ अर्ब ४२ करोड ७२ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड ८४ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

    बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.१९ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ४.७५ प्रतिशत रहेको छ ।

    बैंकको प्रतिसेयर आम्दानी १.२० रुपैयाँ घटेर ३०.८६ रुपैयाँमा सीमित छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३५.१५ रुपैयाँ रहेको छ ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ०.६८ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ०.६६ प्रतिशत खराब कर्जा थियो ।

    प्रतिकृया दिनुहोस्