काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कपिलवस्तु सामुदायिक अस्पतालाई एक थान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र ज्योति बैंकद्वारा संयुक्त रुपमा अस्पताललाई बेबी वार्मर प्रदान गरेको हो ।
नवजात शिशुको शारिरीक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट कपिलवस्तु सामुदायिक अस्पतालमा प्रसुति सेवा लिन आउने वार्षिक करिब ५०० जना प्रत्यक्ष्य रुपमा लाभान्वित हुने बैंकले जनाएको छ । सो कार्यक्रमको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट पीपीई र फेस शिल्डजस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्रीसमेत अस्पताललाई प्रदान गरिएको थियो ।
बैंकले १२औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा न्यानो बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख प्रदान गरेको थियो ।
हाल बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाखभन्दा बढी खाताबाट करिब रु।४५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब रु। ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ ।
ज्योति बैंकले दियो अस्पताललाई बेबी वार्मर
आर्थीकसंसार संवाददाता४ माघ, २०७७
४ माघ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने