News Portal

  • प्रभु बैंकको सवा ७ लाख बढी कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता११ माघ, २०८२
    ३०७ पटक
    ११ माघ, २०८२

    काठमाडौं । प्रभु बैंकको सवा ७ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    बैंकको संस्थापक समूहको ७ लाख २७ हजार ५४३ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापकशेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्