आर्थीकसंसार संवाददाता१० माघ, २०८२
१० माघ, २०८२काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी मनोहर त्रिपाठीले आफ्नो नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीका लागि निवेदन पेश गरे अनुसार बैंकले सो शेयर बिक्री गर्न लागेको हो ।
शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस अवधिभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।


