News Portal

  • सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता९ माघ, २०८२
    २७४ पटक
    ९ माघ, २०८२

    काठमाडौं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकहरूलाई विभिन्न होटल र रेष्टुरेन्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    सम्झौताअनुसार बैंकका ग्राहकहरूले लाजिम्पाटस्थित होटेल ले हिमालय र साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर र बागलुङस्थित इला कम्फर्ट, मौलाकालीस्थित इला रिसोर्टस् तथा मौलाकाली र लुम्बिनी केबल कार, साथै पोखराको द् लेक रिट्रिटमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

    सिद्धार्थ बैंकका अनुसार यस सम्झौताले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जाने प्रोत्साहन दिने विश्वास लिइएको छ ।

    थप जानकारीका लागि ग्राहकहरूले सिद्धार्थ बैंकको २४र७ ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्