News Portal

  • सिटी एक्सप्रेस मनी ट्रान्सफर भ्वाइस अफ नेपाल सिजन ३ को सहप्रायोजक

    आर्थीकसंसार संवाददाता२ माघ, २०७७
    १३९५ पटक
    २ माघ, २०७७

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भ्वाइस अफ नेपाल सिजन ३ को सहप्रायोजक रहने घोषणा गरेको छ । उक्त कार्यक्रम हिमालय एच डी टिभीबाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन भने सुरु भइसकेको जनाएको छ ।
    सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भ्वाइस अफ नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रमसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताए । साथै, उनले सिटी एक्सप्रेसले जसरी देशविदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ, त्यसरी नै भ्वाइस अफ नेपालले पनि देश बिदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्लेटफर्म प्रदान गरेकोमा खुुसीसमेत ब्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्