News Portal

  • माछापुच्छ्रे र कृति क्यापिटलको एकीकृत कारोबार सुरु

    आर्थीकसंसार संवाददाता२ माघ, २०७७
    ६२५ पटक
    २ माघ, २०७७

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् ।
    नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै क्यापिटललाई पौष ९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पौष १७ गते स्वीकृति प्रदान गरेको थियो ।
    मर्जरपश्चात माछापुच्छ्रे कृति क्यापिटलको नामबाट एकीकृत कारोबार हुनेछ । एकीकृत कारोबारपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय साविकको कृति क्यापिटलको कार्यालय रहेको स्थान बागदरबार, सुन्धारामा रहने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्