News Portal

  • एशियन लाईफको नवनियुक्त सिइओ श्रेष्ठद्वारा पदभार ग्रहण

    आर्थीकसंसार संवाददाता२ माघ, २०७७
    ७९६ पटक
    २ माघ, २०७७

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । श्रेष्ठलाई मंसिर २९ गते सोमबार बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएको थियो ।
    श्रेष्ठ एशियन लाइफका पूर्व सञ्चालकसमेत रहेका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका श्रेष्ठ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत थिए ।
    राजेशकुमार श्रेष्ठको कार्यकाल सकिएपछि होमबहादुर श्रेष्ठले निमित्त सीईओको जिम्मेवारी सम्हाली रहेका थिए । माघ १ गते देखि लागु हुने गरी ४ वर्षे कार्यभार अब श्रेष्ठले सम्हाल्ने छन् ।

    प्रतिकृया दिनुहोस्