News Portal

  • नेपाल एसबिआई बैंकद्वारा निलसागर सेवाश्रमलाई न्यानो कपडा तथा खाद्यान्न सामग्री प्रदान

    आर्थीकसंसार संवाददाता१९ पुस, २०८२
    १५ पटक
    १९ पुस, २०८२

    काठमाडौं । नेपाल एसबिआई बैंकले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा न ०५ स्थित निलसागर सेवाश्रममा रहेका बुवामुवाहरुको लागि न्यानो कपडा र खाद्यान्न सामग्री प्रदान गरेको छ । बैंकका कोहलपुर शाखाका शाखा प्रबन्धक उत्सव ढकालले निलसागर सेवाश्रमका पदाधिकारीलाई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

    सो कार्यक्रममा बैंक तथा सेवाश्रमका पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले सामाजिक सेवा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा सञ्चालन गर्दै आइरहेको छ ।

    नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०२ पूर्ण शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ शाखा, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिकृया दिनुहोस्