News Portal

  • ग्लोबल आइएमई बैंकको चौथौ त्रैमास तीन अर्ब ८ करोड मुनाफा

    आर्थीकसंसार संवाददाता३० साउन, २०७७
    ४७५ पटक
    ३० साउन, २०७७

    काठमाडौं । जनता बैंकसँग गाभेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा तीन अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । मर्जरमा जानु अगाडिको जनता बैंकको नाफा जोड्दा बैंकको कुल खुद नाफा ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । मर्जर अघि जनता बैंकको नाफा ४५ करोड १३ लाख रुपैयाँ रहेको थियो । गत आवको यसै अवधिमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन रहेको थियो ।
    असार मसान्तसम्म बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
    बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ । बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २७ पैसा रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ५२ रुपैयाँ ९२ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्