News Portal

  • रिहा भए प्रभु बैंकका सीईओ शेरचन

    आर्थीकसंसार संवाददाता११ पुस, २०८२
    ८ पटक
    ११ पुस, २०८२

    काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरिक्षक डा. मनोज कुमार केसीले जानकारी दिए ।

    उनी गत मंसिर १४ गते बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट पक्राउ परेका थिए ।

    शेरचनलाई म्याद थपका लागि लगिएकोमा विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको हो ।

    अब शेरचनलाई बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुने सीआईबीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्