काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पौष २९ गते कार्की ब्याङक्वेट, बबरमहल, कठमाडौंमा सम्पन्न साधारणसभाले एक जना संस्थापक सञ्चालक र एकजना सर्वसाधारण सञ्चालक नियुक्त गरेको छ ।
सभाले आ.ब. २०७५/०७६ को संचालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रदिवेदन सहितको २०७६ आसाढ मसान्तको वासलाततथा सोही मितिमा समाप्त आ.व.२०७५/०७६ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण र सोबिि अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ ।
उक्त साधारणसभाले आ.व. २०७६/०७७ मा लेखा परिक्षण कार्य गर्नका लागि साविकका श्याम कार्की एण्ड कं.चार्टर्ड एकाउन्टेन्टस्लाई दोस्रो वर्ष भएकाले पुनःनियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावसमेत अनुमोदन गरेको छ ।
साथै, नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट डा. डिल्लिराज अर्याल तथा नियमावलीको नियम २७ को उपनियम (२) (ङ) अनुसार सर्वसाधारण शेयरधनीहरुबाट नवराज भण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ ।
साधारण सभाले संचालक समितिको निर्णणबमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गरेको छ । सभाले कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरवदलको सुझाब प्राप्त भएमा सो बमोजिम सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न
आर्थीकसंसार संवाददाता१ माघ, २०७७
१ माघ, २०७७- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न