News Portal

  • चन्द्रागिरी हिल्सको आइपीओ भर्नेले चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट पाउने

    आर्थीकसंसार संवाददाता१ माघ, २०७७
    ९६३ पटक
    १ माघ, २०७७

    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको ११औं वार्षिक सधारणसभा २०७७ साल पुस २९ गते बुधबारका दिन चन्द्रागिरी हिल्स रिसोर्ट सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारणसभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।
    यही साधारणसभाको अवसरमा, चन्द्रागिरी हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिएको सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।
    सो शेयरमा आवेदन दिने १२, ५६, ७४६ (बाह्र लाख छपन्न हजार सात सय छयालिस) आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना मिति २०७७ माघ ०५ देखि १ वर्षसम्मको लागि मान्य हुने जनाएको छ ।
    ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्