News Portal

  • नेपाल राष्ट्र बैंकद्वारा पाँच महिनाको आर्थिक विवरण सार्वजनिक

    आर्थीकसंसार संवाददाता१ माघ, २०७७
    १०१६ पटक
    १ माघ, २०७७

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंसिर मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गरेको हो ।
    राष्ट्र बैंकले प्रकाशन गरेको उक्त विवरणअनुसार देशको शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोड बचतमा पुगेको छ । अघिल्लो वर्षको मंसिरसम्ममा मुलुकको शोधान्तर स्थिति २३ अर्ब ३० करोड बचतमा थियो । चालु आर्थिक चौथो महिनामा १ खर्ब १० अर्ब ६५ करोड बचतमा रहेको शोधनान्तर बचतमा सामान्य गिरावट आएको हो । जुन गत कात्तिकको भन्दा ४ अर्बले कम हो ।
    चालु आर्थिक वर्षको मंसिर महिनामा चालु खाता २१ अर्ब ३२ करोडले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको थियो ।
    चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्तसम्ममा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । जुन अघिल्लो महिनाको भन्दा ७९ अर्ब बढी हो । गत कात्तिकसम्म ३ खर्ब ३७ अर्ब ७२ करोड रेमिट्यान्स भित्रिएको थियो ।
    चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्तसम्ममा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । जुन अघिल्लो महिनाको भन्दा ७९ अर्ब बढी हो । गत कात्तिकसम्म ३ खर्ब ३७ अर्ब ७२ करोड रेमिट्यान्स भित्रिएको थियो ।

    Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Five-Months-data-2020.21

    प्रतिकृया दिनुहोस्