News Portal

  • नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा २३ प्रतिशतले गिरावट

    आर्थीकसंसार संवाददाता३० साउन, २०७७
    ५८० पटक
    ३० साउन, २०७७

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकको नाफा २२.६३ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा बैंकले ६५ करोड २३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । अघिल्लो आवको यसै अवधिमा बैंकले १ अर्ब ३९ करोड रूपैयाँ वितरण योग्य नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा ५३.०९ प्रतिशतले घटेको हो ।
    अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ४१ करोड ३३ लाख रुपैयाँ घटेर ५ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, सञ्चालन मुनाफा ४९ करोड ७२ लाख रुपैयाँ घटेर ३ अर्ब ६३ करोड रुपैयाँमा सिमित भएको छ । चौथो त्रैमासको अवधिमा बैैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
    बैंकले चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ४१ करोड रुपैयाँ छ ।

    प्रतिकृया दिनुहोस्