News Portal

  • छिमेक लघुवित्तको प्रस्तावित लाभांश पारित

    आर्थीकसंसार संवाददाता१ माघ, २०७७
    ९३७ पटक
    १ माघ, २०७७

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा बैंकले प्रस्तावित २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    सभाले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरेर कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले कम्पनीको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक पनि निर्वाचित गरेको छ । सभाले आगामी ४ वर्षका लागि कर्णबहादुर घले र प्रकाश राज विष्टललाई निविरोध निर्वाचित गरेको हो ।

    प्रतिकृया दिनुहोस्