News Portal

  • लक्ष्मी लघुवित्तको २३ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता१ माघ, २०७७
    ११०२ पटक
    १ माघ, २०७७

    काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २३.१६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।
    नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले २०७७ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी २७ करोड ८३ लाखको ८.१६ प्रतिशत नगद लाभांश (कर समेत) र १५ प्रतिशतको बोनस सेयर पारित गरेको छ । बोनस सेयरपश्चात कम्पनीको चुक्ता पुँजी ३२ करोड ४५ हजार रुपैयाँ पुग्नेछ । साथै, अन्य इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सोसम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका व्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावलाई समेत निरन्तरता प्रदान गरेको छ ।
    संस्थाले हाल आएर देशभर ५२ जिल्लाहरुमा ७२ वटा शाखा कार्यालयहरुमार्फत ९० हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । त्यस्तै गरी संस्थाले ५ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट १ अर्ब ८३ करोड रुपैयाँ बचत संकलन गरेको छ ।

    प्रतिकृया दिनुहोस्