News Portal

  • इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २६औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१ माघ, २०७७
    ५९० पटक
    १ माघ, २०७७

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको १०.५३ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको २६औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    यससँगै संस्थाका सेयरधनीले गत आवको नाफाबाट चुक्ता पुँजीको ७.३७ प्रतिशत बोनस र ३.१६ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश पाउने छन् ।
    सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समीक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप ५ अर्ब २५ करोड रुपैयाँ र कर्जा सापट ४ अर्ब ६७ करोड रुपैयाँ पुगेको तथा सम्पूर्ण कारोबारपछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्था पछि) ११ करोड १९ लाख रुपैयाँ भएको जानकारी गराएका छन् । सो बोनसपश्चात कम्पनीको जारी तथा चुक्ता पुँजी ८९ करोड ०१ लाख रुपैयाँ पुगेको छ ।
    प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्षले विषम परिस्थितिको बाबजुद पनि कम्पनीको व्यवसायीक कारोबार बृद्धि हुनुमा आफ्ना ग्राहकसँगको निरन्तर सम्पर्कलगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए ।

    प्रतिकृया दिनुहोस्