पोखरा । स्पर्स लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको चौंथो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १९.५० प्रतिशत बोनस सेयर र १.०२६३१६ प्रतिशत नगद गरी २०.५३ प्रतिशत लाभांश पाउने भएका छन् । साथै, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा स्पर्स लघुवित्त वित्तीय संस्थाको १ (एक) कित्ता सेयर बराबर ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ०.९० (शून्य दशमलव नौ शून्य) कित्ता सेयर दिने गरी सेयर स्वाप अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको बताइएको छ ।
नायव प्रबन्धक सुदीप आचार्यले सञ्चालन गरेको सभामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।
स्पर्स लघुवित्त ग्लोबल आइएमई लघुवित्तसँग मर्जमा जाने
आर्थीकसंसार संवाददाता१ माघ, २०७७
१ माघ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने