News Portal

  • प्रोग्रेशिभ फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१ माघ, २०७७
    ८१९ पटक
    १ माघ, २०७७

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष किशोरकुमार महर्जनको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
    सभाले आर्थिक वर्ष २०७६/७७ वित्तीय अवस्थाको विवरण, वासलात, नाफा÷नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरुसहितको वित्तीय विवरणहरु छलफलपश्चात पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले बताए ।
    सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७६/७७ मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे प्रकाश पारेका थिए । साधारणसभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिँदै अध्यक्ष महर्जनले संस्था अपेक्षित रुपले प्रगति पथमा लम्किरहेको जानकारी गराए ।
    साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का निम्ति बाह्य लेखापरीक्षकका रुपमा एस. पाण्डे एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै, संस्थाको साधारण सभाले मर्जर तथा एक्वीजिशनका निम्ति बैंक तथा वित्तीय संस्थाहरुबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्