News Portal

  • वोमी लघुवित्तको ९औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ पौष, २०७७
    ९२६ पटक
    २९ पौष, २०७७

    काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३० प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    योसँगै संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशतका दरले ८ करोड ३३ लाख ५४ हजार ४ सय रुपैयाँ बराबरको बोनस वितरण गर्ने छ ।
    संस्थाको सभा काभ्रेपलाञ्चोक स्थित लहरी खर्क पार्टी प्यालेसमा संस्थाकी अध्यक्ष विन्दीया श्रेष्ठ प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो ।
    साथै, सभाले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थालाई १ः१ को स्वाप रेसियोमा गाभ्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको छ ।
    हाल संस्थाले ३८ जिल्लामा ६१ वटा शाखा कार्यालयहरुमार्फत ४७ हजार सदस्यहरुमा कुल उठाउन बाँकी कर्जा रकम ३ अर्ब रुपैयाँ तथा बचत रकम १ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ ।

    प्रतिकृया दिनुहोस्