News Portal

  • गुराँस लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ पौष, २०७७
    ७५१ पटक
    २९ पौष, २०७७

    काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनी सञ्चालक समितिका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा आज पुस २९ गते बुधबार धनकुटास्थित न्यू अन्जुली होटलमा सम्पन्न भएको हो ।
    सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहसहितको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने निर्णय गरेको छ । साथै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्ताव पारित गरेको छ ।
    सभामा सहभागी सेयरधनीले कोरोना भाईरस संक्रमणको यस परिस्थितिमा संस्थालाई बचाउँदै अगाडि बढाएकोमा खुशी व्यक्त गरेका छन् । र, आगामी दिनहरुमा ग्राहकहरुको संरक्षण तथा विकास गर्दै संस्थाको ब्यवसाय वृद्धि गर्न सुझाव दिएका छन् ।

    प्रतिकृया दिनुहोस्