News Portal

  • सिद्धार्थ बैंकमा कामु सीईओको जिम्मेवारी रामेश्वर बस्याललाई

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०८२
    २१९ पटक
    १७ मंसिर, २०८२

    काठमाडौं । सिद्धार्थ बैंकमा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रामेश्वरप्रसाद बस्याललाई दिइएको छ।

    बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले यही मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी बस्याललाई दिइएको छ। हाल उनी बैंकमा नायब सीईओका रुपमा कार्यरत छन्।

    हाल बैंकको सीईओ सुन्दरप्रसाद कँडेल रहेको छ। उनको ४ वर्षे कार्यकाल यही मंसिर २६ गतेबाट सकिँदैछ।

    प्रतिकृया दिनुहोस्