
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथादशौं वार्षिक साधारण सभा मिति २०७७/०९/२९ बुधबारका दिन सम्पन्न भएको छ । यो सभा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । साधारणसभाले शेयरधनीहरुलाई आ.व.२०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम रु. ८,५८,३७,८१,०००/– मा आ.व. २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाटलगायतका प्रतिवेदन पारित गरेको छ ।
यस साधारणसभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीनजना सञ्चालक रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।
चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ८२.४२ अर्ब र कर्जा रकमरु. ६६.९३ अर्व परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको कुरा बैंक जारी विज्ञप्तिमा जनाएको छ ।