News Portal

  • कामना सेवा बैंकको चौधौं साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ पौष, २०७७
    ७३० पटक
    २९ पौष, २०७७

    काठमाडौँ । कामना सेवा विकास बैंकको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको बैंकले जनाएको छ । सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको थियो ।
    सो सभामा बैंकका अध्यक्ष सुदीप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
    सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ४ दशमलव ४० प्रतिशत बोनस शेयर र ० दशमलव २३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ४.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    सभामा बैंकले आव २०७७/७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक जिपि राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पून नियुक्ति गरेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्