News Portal

  • प्रभू बैंकमा निरज लम्सालले सम्हाले कमाण्ड

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०८२
    ३०० पटक
    १४ मंसिर, २०८२

    काठमाडौं । प्रभू बैंक लिमिटेडमा कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदको जिम्मेवारी सहायक महाप्रबन्धक निरज लम्सालले पाएका छन् ।

    बैंकका सीइओ अशोक शेरचनसहित तीनजना उच्च पदस्थ अधिकृतलाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कार्यवाहक तोकेको हो।

    सहायक महाप्रबन्धक लम्साल बैंकको ऋण असुली विभाग प्रमुखको जिम्मेवारीमा थिए।

    प्रभू बैंकको विज्ञप्ती

    बैंकका सूचना अधिकारी रविन्द्र ढकालले प्रहरी अनुसन्धानका कारण बैंकको केनैपनि सेवा प्रभावित नहुने बताए । उनले विज्ञप्ती जारी गर्दै सम्पूर्ण सेवा नियमितरुपमा प्रवाह हुने जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्