काठमाडौं । इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुबिधा उपलब्ध गराउने विषयमा प्रभु इन्स्यारेन्ससँग सहकार्यको सम्झौता भएको हो ।
प्रभु इन्स्यारेन्सको मुख्यालय तीनकुनेमा आयोजित एक कार्यक्रमका बिच इजी ट्याक्सी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभु इन्स्योरेन्सको तर्फबाट सन्चित बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी पत्रमा हस्ताक्षर गर्दै प्रभु इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले इजी ट्याक्सी नेपालअन्तर्गत ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सीधनीलाई बीमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरलरुपमा फछ्र्यौट गरिने बताए ।
कार्यक्रममा कम्पनीहरुले आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमार्फत सञ्चालन भएका बीमा सेवा सुबिधाको लागि संयुक्त सचेतना र सुविधाका कार्यक्रमहरु तयार पार्ने सहमति समेत गरेका छन् ।
इजी ट्याक्सी नेपालका प्रमुख कार्यकारी अधिकृत पौडेलले एपमा आधारित भएर सेवा दिईरहेका ट्याक्सी व्यवसायीहरुको बीमा सुबिधा सुनिश्चित गरिने र त्यसले इजी ट्याक्सी एपको सेवा बिस्तार हुने आशा व्यक्त गरे ।
इजी ट्याक्सी नेपालले विभिन्न योजनाहरु र अभियानमार्फत ट्याक्सी व्यवसायलाई थप मर्यादित र जिम्मेबार बनाउँदै डिजिटल मैत्री बनाइरहेको छ । जसले डिजिटल नेपालको अभियानलाई थप प्रबद्र्धन र सहयोग पुग्ने विश्वास गरिएको छ ।
इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच समझदारी
आर्थीकसंसार संवाददाता२९ पौष, २०७७
२९ पौष, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने