News Portal

  • धितोपत्र बोर्डबाट सालपा विकास बैंकले पायो आइपीओ अनुमति

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०८२
    १०८ पटक
    ८ मंसिर, २०८२

    काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट सालपा विकास बैंकले आइपीओ जारी गर्ने अनुमति पाएको छ।

    धितोपत्र बोर्डले आज सालपा विकास बैंकलाई आइपीओ जारी गर्न अनुमति दिएको हो। यो अनुमतिसँगै अब बैंकले १७ करोड २३ लाख ८८ हजार रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ। जसअनुसार बैंकले १०० रुपैयाँ अंकित दरका कुल १७ लाख २३ हजार ८८० कित्ता आइपीओ बिक्री गर्नेछ।

    यो आइपीओ बिक्रीपछि सालपा विकास बैंक चुक्तापुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ पुग्नेछ। हाल बैंकमा संस्थापक शेयरधनीको ३५ करोड रुपैयाँ लगानी रहेको छ। आइपीओ बिक्रीपछि बैंकमा संस्थापक समूहको शेयर स्वामित्व ६७ प्रतिशत र सर्वसाधारणको ३३ प्रतिशत हुनेछ।

    सालपा विकास बैंकको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहको छ।

    प्रतिकृया दिनुहोस्