बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले यसै आर्थिक वर्ष भित्रमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।
संस्थाको सम्पन्न साधारणसभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृत प्राप्त भएपश्चात आईपीओ निश्काशन गर्ने निर्णय गरेको हो ।
संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा भएको संस्थाको दोस्रो वार्षिक साधारणसभा मङ्गलबार बागलुङ बजारमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्न एवम् निजको पारिश्रमिक निर्धारण गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । सभाले संस्थाको प्रवन्धकपत्र नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थासँग प्राप्ती तथा मर्ज गर्न उपयुक्त देखिएमा सोसम्बन्धी आवश्यक कार्य अगाडि बढाउन समेत सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारण सभामा संस्थाको मुख्यप्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त संस्थाहरु कार्यक्रमको मुल मर्म भन्दाविपरीत गई नाफामुखी र बजार केन्द्रित भएकाले समस्या सिर्जना भइरहेको बताए । उनले वर्तमान परिपेक्षमा यस वित्तीय संस्थाले नाफासँगसँगै ग्रामिण दूरदराजमा गई वित्तीय तथा गैरवित्तीय कारोबार सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।
सिवाईसी लघुवित्तले आईपीओ जारी गर्ने
आर्थीकसंसार संवाददाता२९ पौष, २०७७
२९ पौष, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता