News Portal

  • गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको लाभांश पारित

    आर्थीकसंसार संवाददाता२९ पौष, २०७७
    ४४३ पटक
    २९ पौष, २०७७

    काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रस्तावित ११.४० प्रतिशत लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न संस्थाको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३.४० प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर पाउने भएका छन् ।
    बोनस सेयर वितरण गरेपश्चात यस संस्थाको चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ हुने छ । साथै, हालसम्म निक्षेप ६ अर्ब १३ करोड रुपैयाँ तथा कर्जा ४ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
    संस्थाको १९औं वार्षिक साधारणसभा ललितपुरको हरिहर भवनस्थित गुहेश्वरी भवनमा सम्पन्न भएको हो ।
    यस संस्थाको प्रधान कार्यालयसहित जम्मा २१ वटा शाखा कार्यालयहरु तथा २ वटा एक्सटेन्सन काउण्टर रहेको छ ।

    प्रतिकृया दिनुहोस्