News Portal

  • प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा भण्डारी निर्वाचित

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०८२
    १०८ पटक
    ६ मंसिर, २०८२

    काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल, उपत्यका प्रदेश कमिटीको दोस्रो सम्मेलन शुक्रबार अनामनगर, काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले अधिवक्ता रामचन्द्र भण्डारीको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

    नव–निर्वाचित समितिमा उपाध्यक्षमा थरी कडेल, सचिवमा सान्तना दाहाल न्यौपाने, कोषाध्यक्षमा प्रचन्न नाउला चयन भएका छन् । साथै ११ सदस्यीय कार्यसमितासहित उपत्यकाका सातवटै बारका विशेष जिल्ला कमिटिका अध्यक्षहरू पदेन सदस्यका रूपमा समावेश गरिएको संगठनले जनाएको छ । पदेन सदस्यमा सर्वोच्च अदालत बार, उच्च अदालत पाटन बार, ललितपुर जिल्ला अदालत बार, काठमाडौं जिल्ला अदालत बार, विशेष अदालत बार, भक्तपुर जिल्ला अदालत बार तथा काभ्रेपलाञ्चोक जिल्ला अदालत बारका अध्यक्षहरू रहनेछन् ।

    अध्यक्षमा निर्वाचित रामचन्द्र भण्डारी पछिल्ला २२ वर्षदेखि कानुन व्यवसायमा निरन्तर क्रियाशील व्यक्तित्व मानिन्छन् । संगठनको आन्तरिक जीवन, पेशागत अनुभव तथा इमानदार छविका कारण भण्डारीले पाएसँगै संगठनभित्र नयाँ उत्साह पैदा भएको टिप्पणी गरिएको छ । कानुनी क्षेत्रमा सक्रिय भण्डारीको नेतृत्वले न्यायक्षेत्रमा समेत सशक्त भूमिका खेल्ने अपेक्षा राखिएको छ ।

    प्रतिकृया दिनुहोस्