News Portal

  • एचआईडीसीएलको सञ्चालकमा पर्वत कार्की नियुक्त

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८३
    १६ पटक
    १८ भदौ, २०८३

    काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को सञ्चालक समितिमा पर्वत कुमार कार्की नियुक्त भएका छन् ।

    राष्ट्रिय जीवन बीमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत महेश रिमालको स्थानमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक कार्कीलाई सञ्चालकमा मनोनयन गरिएको हो ।

    नागरिक लगानी कोषले भदौ १५ गते पठाएको पत्रअनुसार कार्कीलाई एचआईडीसीएलको सञ्चालकमा मनोनयन गरिएको कम्पनीले जनाएको छ ।

    कार्कीले भदौ १६ गते कम्पनीका सञ्चालक समितिका अध्यक्षसमक्ष सञ्चालक पदको शपथ लिएका छन् ।

    कम्पनीले सञ्चालकमा भएको परिवर्तनबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकलाई समेत जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्