News Portal

  • नबिल बैंकबाट जीतबहादुर श्रेष्ठसहित ३ जना बाहिरिँदै, मूल्य ३०१.१० रुपैयाँ

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०८२
    १९ पटक
    ३ कार्तिक, २०८२

    काठमाडौं । नबिल बैंकबाट विभिन्न ३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । संस्थापक सेयरधनी जीतबहादुर श्रेष्ठ, जश श्रेष्ठ र जिज्ञासा अर्यालले बैंकमा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने भएका हुन् ।

    बैंकका अनुसार जीत बहादुर श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता, जश बहादुर श्रेष्ठले २५ हजार कित्ता र जिज्ञासा अर्यालले ५० हजार कित्ता सेयर बिक्रीमा राखेका हुन् । जश श्रेष्ठले आफ्नो स्वामित्वको सेयरको मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकेका छन् भने जीत बहादुर र जिज्ञासाले भने मूल्य सार्वजनिक गरेका छैनन् ।

    बैंकको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताहरुका लागि सेयर बिक्रीमा राखिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्