News Portal

  • लक्ष्मी बैंकको सञ्चालकमा दुई जना निर्वाचित

    आर्थीकसंसार संवाददाता२९ पौष, २०७७
    ९७२ पटक
    २९ पौष, २०७७

    काठमाडौं । लक्ष्मी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सेयरधनीलाई ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
    यससँगै सेयरधनीले बैंकको चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद गरी ११.५ प्रतिशत लाभांश पाउने छन् । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
    साधारणसभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।
    आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ७६ करोड रुपैयाँ निक्षेप र ८९ अर्ब ८९ करोड रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ । सो आर्थिक वर्षमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्थाअनुरुप नै राम्रो अवस्थामा रहेका बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्