News Portal

  • लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई गर्‍यो सम्मान

    आर्थीकसंसार संवाददाता२४ कात्तिक, २०८२
    १४ पटक
    २४ कात्तिक, २०८२

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । शेर्पाले ३१औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुग्न सफल भएका थिए ।

    उक्त अवसरमा बैंकले आइतबार एक विशेष कार्यक्रम आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पालाई सम्मान गर्दै उनको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    कीर्तिमानी पर्वतारोही शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकका ‘निरन्तर सहयात्री’ ग्राहकका रूपमा आवद्ध छन् । शेर्पाले आफ्नो ३१औँ आरोहण केवल व्यक्तिगत उपलब्धि नभई परिवार, शेर्पा समुदाय र सम्पूर्ण नेपालीको गौरवको विषय भएको बताए ।

    उनको यो साहसिक उपलब्धिले लुम्बिनी विकास बैंकसहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्