News Portal

  • गुडविल फाइनान्सको २६औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ पौष, २०७७
    ६०१ पटक
    २९ पौष, २०७७

    काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था)को २६औ वार्षिक साधारणसभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतीय माध्यमबाट सम्पन्न भयो । सो वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८५ ले वृद्धि गरी रु. ८,४९,३९,९८,७१७ तथा कर्जातर्फ १५.८८५ ले वृद्धि गरी रु. ६,८४,०५,४५,५०४ पुर्याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष विश्वप्रकााश साखःले प्रस्तुत गरेको आ.ब.२०७६/०७७ को आयव्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ८.४५ बोनस शेयर तथा ३.६५ नगद लाभांश गरी जम्मा १२५ वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।
    सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले गत वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नेपाल सरकारले घोषण गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधिलगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानीकर्ताहरुलाई गत वर्षभन्दा बढी प्रतिपफल दिन सकेको सभामा जानकारी गराएका थिए ।
    जुम मिटिङमार्फत सम्पन्न भएको साधारणसभामा बोल्ने शेयरधनीहरुले वित्तीय संस्थाले यस बर्ष थप प्रगति गरी अझ बढी प्रतिफल प्राप्त गर्न सकियोस् भनी शुभकामना दिएका थिए । साथै साधारणसभाले पारित गरेको उक्त आ.व.को ३.६५ ले हुन आउने नगद लाभांश सोही दिन शेयरधनीहरुको खातामा पठाइएको छ ।

    प्रतिकृया दिनुहोस्