News Portal

  • लक्ष्मी सनराइज बैंकको वितरणयोग्य नाफा २.६२ अर्ब रुपैयाँ, घटायो एनपीएल

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०८२
    ९ पटक
    २१ कार्तिक, २०८२

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ३८ प्रतिशत घटेर ३३ करोड २३ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

    चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १.५९ प्रतिशत बढेर २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले २ अर्ब ६७ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २६.५९ प्रतिशत बढेर ६१ करोड ६८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १४.८० प्रतिशत बढेर ३ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ, सञ्चालन नाफा ४२.११ प्रतिशत घटेर ४३ करोड ८१ लाख रुपैयाँ रहेको छ । २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ४ करोड ४८ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन २.१७ प्रतिशत बढेर ३ खर्ब ७५ अर्ब ९६ लाख रुपैयाँ र कर्जा लगानी २.६७ प्रतिशत बढेर २ खर्ब ८२ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ प्रवाह गरेको छ ।

    यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ रहेको छ । उक्त वितरणयोग्य नाफाका आधारमा बैंकको १०.७८ प्रतिशत लाभांश क्षमता रहेको छ ।

    बैंकको प्रतिसेयर आम्दानी ३.७९ रुपैयाँ घटेर ५.४६ रुपैयाँमा सीमित छ । बैंकको प्रतिसेयर नेटवर्थ १८४.८९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.७४ गुणा रहेको छ ।

    गत वर्षको असोजमा बैंकको खराब कर्जा (एनपीएल) ५.४४ प्रतिशत थियो । तर, यस वर्षको असोजमा खराब कर्जा सामान्य घटाएर ५.४२ प्रतिशतमा झारेको छ ।

    प्रतिकृया दिनुहोस्